अमरेशले संसदमा भने–’बालेनको घर अगाडि कबाडी थुपारौं’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ ५, बुधबार (१० महिना अघि)
  • ११५ पटक पढिएको
अमरेशले संसदमा भने–’बालेनको घर अगाडि कबाडी थुपारौं’

असार ५,काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिका र महानगरपालिकाका मेयर बालेन शाहले दुःख दिएको भन्दै रोष प्रकट गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले महागरका मेयरकै शैलीमा सबै कबाडी र फोहोर बालेन शाहको घर अगाडि थुपार्न आग्रह गरे ।

‘बालेन जी, यहीँको मेयरले सिकाएको छ कि, यदि काम भएन भने त्यहाँ नै फोहोर थुपार्ने । म यही संसद्‌मार्फत तमाम कबाड व्यवसायीहरूलाई आग्रह गर्न चाहन्छु– सबै फोहोर महानगरपालिका र बालेन शाहको घरको अगाडि थुपारौं, त्यसको लागि हामी साथमा छौं,’ उनले भने ।

यस्तो महानगरका मेयर शाहले नै सिकाएको उनले बताए । ‘टिट फर ट्याट । उहाँले नै यो सिकाएको हो,’ उनले भने । यसअघि महानगरपालिकाले सडक विभाग अगाडि फोहोर थुपारिदिएको थियो । महानगरका मेयर शाहलाई उनले पपुलिजमको समेत संज्ञा दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस