संसदमा सूर्य थापाले बोलेको असंदीय शब्द संसदीय रेकर्डबाट डिलिट !

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ अषाढ ६, बिहिबार (१० महिना अघि)
  • १०६ पटक पढिएको
संसदमा सूर्य थापाले बोलेको असंदीय शब्द संसदीय रेकर्डबाट डिलिट !

असार ६,काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले भालुवाङ प्युठान मोटरबाटोका सम्बन्धमा सरकारको ध्यान नपुगेको भन्न प्रयोग गरेको उखान संसदीय रेकर्डबाट हटेको छ ।

यो बाटोका लागि सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा उचित रकम नदिइएको र बर्षायाममा गर्नुपर्ने पूर्वतयारी लगायतका काम नभएको भन्दै सरकारको आलोचना गरेका थिए ।

समस्या आएपछि समाधान गर्नेभन्दा पूर्वतयारी गर्नुपर्ने भन्नका लागि उनले एउटा उखान प्रयोग गरेका थिए । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले लैङ्गिक भेदरुपी उखान प्रयोग गरेको भन्दै नियमापत्ति गरिन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले असंसदीय शब्द र लैङ्गिक भेद देखिने शब्द आएको उल्लेख गर्दै त्यसलाई हटाएको जानकारी गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस