मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ ६, बिहिबार (१० महिना अघि)
  • ६१ पटक पढिएको
मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता

असार ५,काठमाडौँ । मिरा बायोटेकप्रा.लि. र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

बुधबार एक कार्यक्रमबीच मिरा बायोटेक प्रा.लि.तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा दुवै संस्थाका उच्चपदस्त कर्मचारीहरुको उपस्थिती रहेको थियो । मिरा बायोटेक प्रा.लि. ले डब्ल्युएचओ मापदण्ड बमोजिम औषधी उच्पादन गर्दै आइरहेको छ साथै, कम्पनीले स्थानीय र विदेशी बजारहरुका लागि औषधी जन्य ठोस खुराक उत्पादन तथा वितरण गर्दै आईरहेको छ ।

वित्तीय परामर्श अन्र्तरगत नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले वित्तीय नुन–संरचना, वित्तीय व्यवस्थापन, व्यवसायिक योजना र संस्थाको संरचना हेरपफेर सेवाहरु उपलब्ध गराउने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस