आरसीटीले चुम्यो बी डिभिजन लिगको उपाधि

फागुन २२,काठमाडौँ । रानीपोखरी कर्नर टिम ९आरसीटी० ले शहीद स्मारक ’बी’ डिभिजन लिगको उपाधि जितेको छ ।

मंगलबार भएको सुपर लिगको अन्तिम खेलमा श्री भगवती क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आरसीटीले उपाधि जितेको हो ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा आरसीटीलाई जित दिलाउन लोकेन्द्रबहादुर कार्कीले निर्णायक गोल गरे । खेलको २५ औं मिनेटमा लोकेन्द्रले हेड गोल गरेका थिए ।

उपाधिसँगै आरसीटीले आठ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता श्री भगवतीले पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो ।

तेस्रो भएको टुसाल युथ क्लबले तीन लाख रुपैयाँ र चौथो हुने सातदोबाटो युथ क्लबले दुई लाख रुपैयाँ प्राप्त गरेको छ । उपाधि चुम्ने क्रममा आरसीटीले अन्तिम चरणमा तीन खेल जित्दै नौ अङ्क जोड्यो । श्री भगवतीले ६ अङ्क जोडेर उपविजेता बन्यो । तेस्रो भएको टुसालले एक खेल जितेको थियो । अन्तिममा लिग चरणको अङ्क समावेश गरिएको थिएन ।

‘बी’ डिभिजन च्याम्पियन भएपनि आरसीटी ‘ए’ डिभिजनमा बढुवा हुने छैन । यो वर्ष रेलिगेशनबिनाको लिग भएकाले आरसिटी बी डिभिजनमै बस्नेछ ।

गएको माघ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लबहरू झम्सिखेल युवा क्लब, आरसीटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply