गल्छी गाउँपालिकाको नीति तथा कार्यक्रम आयो, बजेट पास भएन

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०८१ अषाढ ९, आईतबार (१० महिना अघि)
  • १४६ पटक पढिएको
गल्छी गाउँपालिकाको नीति तथा कार्यक्रम आयो, बजेट पास भएन

असार ९,धादिङ । धादिङको गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ७६ करोड ३९ लाख बढिको बजेट प्रस्तुत गरेको छ । आईबार गल्छीमा भएको गाउँसभामा आर्थिक वर्ष २०८१/०८२ का लागि ७६ करोड ३९ लाख १९ हजारको बजेट प्रस्तुत गरिएको हो ।

अधिवेशनमा उपाध्यक्ष भाइकाजी तिवारीले चालु खर्च र पूजिगत तफको बजेट प्रस्तुत गरेका हुन्। गाउँ सभामा बजेट प्रस्तुत भएपनि पारित भने हुन सकेन । बजेट आगामी बैठकमा छलफल पछि पािरत गरिने सभा मार्फत जानकारी गराईएको छ । अर्को सुचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले सभामा जानकारी गराएका छन् ।

बजेट प्रस्तुत हुनु भन्दा अघि गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस