टि-ट्वान्टी विश्वकप

अफगानिस्तान टि-ट्वान्टी विश्वकपको सेमिफाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ अषाढ ११, मंगलबार (९ महिना अघि)
  • १३९ पटक पढिएको
अफगानिस्तान टि-ट्वान्टी विश्वकपको सेमिफाइनलमा

असार ११, काठमाडौँ । बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलो पटक आइसिसी टिट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुपर ८ को समूह १ अन्तरगतको खेलमा अफगानिस्तान डीएलएस मेथडका आधारमा ८ रनले विजयी बनेको हो ।
१९ ओभरमा १ सय १४ रनको लक्ष्य पाएको बंगलादेशले १८,५ ओभरमा सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सक्यो । अफगानिस्तानको जितसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ ।

अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा भारतले इंग्ल्यान्डसँग खेल्नेछ ।

#टि-ट्वान्टी विश्वकप

ताजा अपडेट

खोजी गर्नुहोस