ओली-देउवाको भेटको मुख्य उदेश्य के हो ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ १७, सोमबार (९ महिना अघि)
  • १३२ पटक पढिएको
ओली-देउवाको भेटको मुख्य उदेश्य के हो ?

असार १७,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल सकारात्मक भएको भन्दै पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन् ।

सभापति देउवाले शनिबार अध्यक्ष ओलीसँग करिब तीन घण्टा लामो संवाद गरेका थिए । सत्ता परिवर्तनसँग जोडेर उक्त भेटलाई महत्वपूर्ण रुपमा हेरिएको छ तर खासमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई ) र सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी)को विषयमा गम्भिर छलफल भएको देउवानिकट एक नेताले बताए । सरकार फेरबदलको कुरा केही होइन् । तर यहाँ हल्ला सरकार परिवर्तनको भैरहेको छ । यतिबेला सरकार बिआरआई र टिआरसीको सवाललाई लिएर निर्णायक मोडमा पुगेको देखिन्छ ।

प्रधानमन्त्री प्रचण्ड कुनैपनि हालतमा टिआरसी विधेयकलाई टुङ्ग्याएर हलुका हुन चाहन्छन भने कांग्रेस र एमाले यसमा मसिनो ढंगले छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिन्छन। टिआरसीका कतिपय विषयहरु दुवै पार्टीको स्वार्थ मिल्ने भएकोले पनि देउवा र ओलीको लामो छलफल भएको स्रोत बताउछ । यता प्रधानमन्त्री प्रचण्ड यसलाई छिटो पास गर्ने खोजिरहेका छन् ।

कांग्रेससहितको गठबन्धनकै बेला अघि बढाउन खोजिएको टीआरसी विधेयक त्यसबेला एमालेको असहमतिका कारण रोकिएको थियो । गत फागुनमा कांग्रेस नेतृत्वको गठबन्धनपछि बनेको एमालेसहितको समीकरण बने पनि टीआरसीसम्बन्धी विधेयक संसद्‌मा थन्किएको छ । दुवै गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने आफ्नो प्रमुख प्राथमिकतामा भएको बताए पनि अघि बढ्न सकेको छैन ।

यता नेपाल र चीनबीच ऋणको ब्याजदरमा कुरा नमिल्दा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यान्वयन योजनामा हस्ताक्षर हुन सकेको छैन् । तर, नेपालको यो प्रस्तावमा चीन हालसम्म सहमत भइनसकेकाले चिनियाँ विदेश उपमन्त्री सन वेइडोङको भ्रमण क्रममा बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर भएन् । सरकार बिआरआईलाई लिएर हतारोमा त छैन् तर चीनले यसलाई अलि चाँडै टुङ्ग्याउन चाहन्छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस