विश्वकप २०१८ : सर्बियाले कोस्टारिकालाई हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ ४, सोमबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असार ४,काठमाडौँ । विश्वकपको समूह ‘ई’ को पहिलो खेलमा सर्बियाले कोस्टारिकालाई हराएको छ । प्रतिस्पर्धात्मक खेलको ५६ औं मिनेटमा अलेक्जेण्डर कोलारोभले गरेको गोल नै सर्बियाको जितमा निर्णायक बन्यो ।

पाँचौ पटक विश्वकपमा सहभागी कोस्टारिका सर्बियन टिमको तुलनामा सन्तुलित देखिए पनि प्रभाव पार्न सकेन । फिफा वरियतामा २३ औं स्थानमा रहेको कोस्टारिकालाई ३४ औं स्थानमा रहेको सर्बियाले निराश पारिदियो ।

खेलमा ५३ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको कोस्टारिकाले प्रहार गरेका १० सटमा ३ सट मात्रै पोस्टको दिशामा थिए । सर्बियाले प्रहार गरेका १० सटमध्ये ३ सट पोस्टको दिशामा थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस