बागमती प्रदेश सरकारबाट एमाले बाहिरिने तयारी

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ अषाढ २१, शुक्रबार (९ महिना अघि)
  • ७१ पटक पढिएको
बागमती प्रदेश सरकारबाट एमाले बाहिरिने तयारी

असार २१,काठमाडौँ । केन्द्रीय तहमा सत्ता समीकरण बदलिएसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिने तयारी गरेको छ । केन्द्रमा सत्ता समिकरणमा फेरबदल भएपछि एमाले बागमती सरकारबाट बाहिरिने तयारी थालेको हो ।

नयाँ समीकरण अनुसार केन्द्रमा सरकार निर्माणको तयारी थालिएसँगै माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकार कहिलेसम्मका लागि हो भन्नेबारे चासो बढेको छ ।

३ पटकसम्म विश्वासको मत लिएर १८ महिनासम्म सरकार टिकाएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अन्ततः सत्ता छाड्नुपर्ने परिस्थिति बनेको हो । प्रदेश सरकार निर्माण, पावर सेयरिङ लगायतका विषयमा निर्णय गर्न सत्ता साझेदार प्रमुख दलहरू केन्द्रको कदमको पर्खाइमा छन् ।

साझेदार दलका नेता तथा सांसदहरू केन्द्र सरकार गठन लगत्तै प्रदेश सरकारका विषयमा अघि बढ्ने तयारीमा छन् ।

एमाले सांसद एवं प्रदेशका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलका अनुसार केन्द्रमा सरकार निर्माण प्रक्रिया अघि बढे लगत्तै प्रदेश सरकारका बारेमा निर्णय हुनेछ ।

केन्द्रको समीकरण अनुसार नै सरकार निर्माण र पावर सेयरिङका बारेमा सहमतिको खाका तयार भैरहेको छ । तत्काल ठोस निर्णय नभएकाले केन्द्रमा प्रधानमन्त्री नियुक्ति प्रक्रिया र सरकार निर्माण थालिएपछि प्रदेशको कामकारबाही अघि बढ्ने पोखरेलको भनाइ छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस