सचिवालय बैठक

एमाले सचिवालय बैठक बस्दै, कांग्रेससँगको सहमतिबारे छलफल हुने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ अषाढ २६, बुधबार (९ महिना अघि)
  • ७१ पटक पढिएको
एमाले सचिवालय बैठक बस्दै, कांग्रेससँगको सहमतिबारे छलफल हुने

असार २६, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि सारिएको थियो ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ । यही असार १७ गते भएको उक्त सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

#सचिवालय बैठक

ताजा अपडेट

खोजी गर्नुहोस