सारा र कार्तिकको रोमान्टिक भिडियो लिक, बन्यो भाइरल !

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ फागुन २३, बिहिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

२३ फागुन, काठमाडौँ । ‘केदारनाथ’बाट बलिउडमा सफल डेब्यू गरेकी सारा अलि खान हाल आफ्ना बाबु अभिनित ‘लव आज कल’को सिक्वलमा व्यस्त छिन्। सिनेमामा उनको जोडी बनेका छन् अभिनेता कार्तिक आर्यन। कार्तिक तिनै अभिनेता हुन् जोसँग साराले आफू डेट जाने इच्छा व्यक्त गरेकी थिइन्।

उनको सो इच्छा सार्वजनिक भएसँगै उनीहरूलाई लिएर अनेक गसिप बन्न सुरू भए। त्यस यता उनीहरूका बारेमा नयाँ खबर सुन्न प्रशंसकहरू राम्रै गरी चनाखो हुन् थालेका छन।

यस्तैमा ‘लब आज कल २’को सुटिङका क्रममा सिनेमाका लागि लिइएको ‘किस सिन’को भिडियो सार्वजनिक भएपछि हाल सो भिडियो सामाजिक संजालहरूमा भाइरल भएको छ। सो चुम्बनको दृश्यलाई उनीहरूको एक फ्यानपेजबाट सार्वजनिक गरिएको हो। सि लिक भएको भिडियोमा उनीहरूलाई रोमान्टिक मुडमा चुम्बन दृश्य दिदैं गरेको देख्न सकिन्छ।

सारा र कार्तिकले एकअर्कालाई ‘सिम्बा’को प्रचार पार्टीका क्रममा पहिलो पटक भेटेका हुन्। सो भेट अभिनेता रणवीर सिंहले जुराइदिएका हुन्।

त्यतिबेला रणवीरले सारा र कार्तिकलाई जिस्काउँदै एकअर्काको हात थमाइदिएका थिए। यसको भिडियो पनि सामाजिक संजालमा भाइरल भएको थियो।

https://twitter.com/KartikAaryanFC_/status/1102949710556528642

ताजा अपडेट

खोजी गर्नुहोस