कलाको विकासमा परिषद्

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ अषाढ ४, सोमबार (६ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

असार ४,काठमाडौँ । सरकारबाट कलाको विकासका लागि यथेष्ट सहयोग प्राप्त नभएपनि यस क्षेत्रको विकासको सम्भावना रहेको नेपाल कला परिषद्ले जनाएको छ ।

कलाकारले आफूहरुले सिर्जना गरेको चित्र, मूर्ति तथा काष्ठकला जनसमक्ष ल्याउने प्रमुख थलोका रुपमा परिषद्को विसं २०१९ मा स्थापना भएको हो ।

प्रारम्भका दिन वरिष्ठ कलाकार लैनसिंह बांङ्गदेलले नेतृत्व गर्दै आएको सो परिषद्मा हाल शताब्दी पुरुष सत्यमोहन जोशीले नेतृत्व दिईरहेका छन ।

कुरा गर्दै परिषद्का महासचिव शंकरनाथ रिमालले सफल कलाकार बन्न कलाकार आफैँले पनि कला निखार्न सक्नुपर्ने बताए ।

उनले सरकारी अनुदान नाम मात्रको पाउने गरिएको र वार्षिक एक÷दुई लाख पाउने आर्थिक सहयोगबाट कलाकारको क्षमता वृद्धि तथा कलाको विकासका लागि सक्दो प्रयास गर्दै आएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस