नयाँ सरकार

ओलीको भोलि नै प्रधानमन्त्री बन्ने तयारी

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ अषाढ २७, बिहिबार (९ महिना अघि)
  • १३१ पटक पढिएको
ओलीको भोलि नै प्रधानमन्त्री बन्ने तयारी

असार २७, काठमाण्डौँ ।  नेपाली कांग्रेस र नेकपा एमालेले भोलि (शुक्रबार) नै नयाँ सरकार गठनको तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत नपाउने निश्चित रहेकाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोलि नै प्रधानमन्त्री नियुक्त गराउने गरी तयारी अगाडि बढिरहेको स्रोतले जानकारी दिएको छ ।

बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । वैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम हुने एमालेको बुझाई छ । प्रचण्डको पक्षमा अहिले बहुमत नजुट्ने लगभग निश्चित भइसकेको छ । उनको पक्षमा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत समाजवादीका १० जना बाहेक अन्य सांसदको समर्थन खुलेको छैन् । कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले विश्वासको मत नदिने निर्णय नै गरिसकेका छन् ।

#नयाँ सरकार

ताजा अपडेट

खोजी गर्नुहोस