असार २७, काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचारी ठहर भएकी छन् । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको अभियोगमा विशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माविकी शिक्षिका गीताले बोर्ड अफ सेकेण्डरी एजुकेसन दिल्लीबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेश गरेकोमा प्रमाणपत्र नक्कली रहेको ठहर भएको छ ।