चितवन बस दुर्घटनाप्रति माधव नेपालद्धारा दु:ख व्यक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २८, शुक्रबार (९ महिना अघि)
  • ७४ पटक पढिएको
चितवन बस दुर्घटनाप्रति माधव नेपालद्धारा दु:ख व्यक्त

असार २८,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी माधव नेपालले चितवन दुर्घटनामा दुख व्यक्त गरेका छन् । अध्यक्ष नेपालले नारायणगढ मुग्लिन सडक अन्तर्गत सिमलतालमा आज बिहान  ३.३० बजे माथिबाट आएको लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा झारेको र सोही पहिरोको कारण अर्को एक सवारी साधनका चालकको निधन भएको खबर अत्यन्तै मर्माहत बनाएको बताएका हुन् ।

नेपालले भनेका छन्–काठमाडौबाट मेरो गृह नगर गौर जॅादै गरेको गणपति डिलक्समा ४१ जना र बिरगन्जबाट काठमाडौ आउॅदै गरेको एन्जल बसमा २४ जना सवार रहेकोमा अहिलेसम्म उनीहरूको अवस्था सार्वजनिक हुन सकेको छैन ।

उनले प्राकृतिक विपत्तिको यस क्षणमा उद्धारको काममा जुट्न सरकारी तथा अन्य निकाय एवम् महानुभावहरूमा सादर अनुरोध गरेका छन्। नेपालले लगातार बर्षा भैरहेकोले गर्दा यसबाट उत्पन्न हुने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत सबैमा अनुरोध गरका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस