पर्सिसम्मको म्याद भएपनि कांग्रेस एमाले राती नै प्रधानमन्त्रीमा दावी पेश गर्न शित्तल निवासमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २८, शुक्रबार (९ महिना अघि)
  • १०१ पटक पढिएको
पर्सिसम्मको म्याद भएपनि कांग्रेस एमाले राती नै प्रधानमन्त्रीमा दावी पेश गर्न शित्तल निवासमा

असार २८,काठमाडौँ । नयाँ सरकारको दाबी गर्न नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू शीतल निवास शित्तल निवास पुगेका छन् ।

एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु शित्तल निवास पुगेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत गुमाएपछि आजै राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार आइतबारसम्मको समय दिएर दाबी पेस गर्न भनेका थिए ।

कांग्रेसका सांसदको हस्ताक्षरसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस