सुनको मुल्यमा फेरि नयाँ रेकर्ड ! तोलाको कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ ३१, सोमबार (९ महिना अघि)
  • १११ पटक पढिएको
सुनको मुल्यमा फेरि नयाँ रेकर्ड ! तोलाको कति पुग्यो ?

असार ३१,काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको भाउ १ लाख ४७ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।

अघिल्लो दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १ हजार ८८५ रुपैयाँ पुगेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस