आजको मौसम: देशका धेरै ठाँउमा पानी पर्ने, बागमतीका नदिमा बहाव बढ्ने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ श्रावण १, मंगलबार (९ महिना अघि)
  • १३८ पटक पढिएको
आजको मौसम: देशका धेरै ठाँउमा पानी पर्ने, बागमतीका नदिमा बहाव बढ्ने

साउन १,काठमाडौँ । देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, गोरखा, लमजुङ, बाजुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

यी जिल्ला भई बहने नदीको आसपासमा आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाले पनि आज बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस