शेयरबजार २६ महिना यताकै उच्च ! कारोबार रकम ९ अर्ब नाघ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण १, मंगलबार (९ महिना अघि)
  • १२८ पटक पढिएको
शेयरबजार २६ महिना यताकै उच्च ! कारोबार रकम ९ अर्ब नाघ्यो

 

साउन १,काठमाडौँ । नेप्से परिसुचक आज ६७ अंकले बृद्धि भएको छ । आज ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६ सय ४२ रुपैँयाको कारोबार भएको छ । शेयरबजारमा यो उचाई २६ महिना यताकै उच्च हो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७०.१८ अंक बढेको हो । सोमबार (हिजो) ८ अर्ब ७३ करोडको कारोबार भएको थियो । आज कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ को घट्यो ।

आज हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४५ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ २.७५, विकास बैंक ४.९४, फाइनान्स १.८५, लगानी ३, होटल तथा पर्यटन ३.६३, जीवन बीमा २.९६, उत्पादन २.२३, माइक्रोफाइनान्स २.३०, निर्जीवन बीमा २.१२, अन्य २.१० तथा व्यापार समूह २.८८ प्रतिशत बढ्यो ।

अर्थ मन्त्रालयमा विष्णु पौडेल मन्त्रीको रुपमा आएपछि शेयरबजारमा हरियाली छाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस