उप कप्तान ज्ञानेन्द्र मल्ललाई ४ खेलमा प्रतिबन्ध

फागुन २४,काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका उप कप्तान ज्ञानेन्द्र मल्ललाई ४ खेलको प्रतिबन्ध लगाइएको छ ।

यो प्रतिबन्ध अन्तर्रा्ष्ट्रिय प्रतियोगिताका लागि भने होइन् । हालै धनगढीमा भएको डीपीएल क्रिकेटमा काठमाण्डौ गोल्डेन्सको कप्तानी गरेका कारण मल्ललाई चार खेलको प्रतिबन्ध लगाइएको हो ।

डीपीएलमा महेन्द्रनगर युनाइटेडविरुद्धको दोस्रो क्वालिफायरमा काठमाण्डौ गोल्डेन्सले खेल बहिष्कार गरेको थियो । काठमाण्डौका खेलाडी अंकित दबासलाई बलिङमा प्रतिबन्ध लगाइएपछि काठमाण्डौले खेल बहिष्कार गरेको थियो ।

कप्तान मल्ल समयमै मैदानमा नजानुका साथै अम्पायरले गरेको निर्णयमा पनि काठमाण्डौले आपत्ति जनाउँदा चुप बसेका थिए । डीपीएलको टेक्निकल कमिटिले काठमाण्डौ गोल्डेन्सका कप्तान मल्ललाई नियम उलङ्घन गरेको भन्दै कारबाही गरेको हो ।

डीपीएल सकिएको करिब २ सातापछि टेक्निकल कमिटीले काठमाण्डौका कप्तानलाइ कारबाही गर्दै अब उनले ४ वटा घरेलु प्रतियोगिता खेल्न नपाउने निर्णय गरेको छ ।

मल्लले आफूलाई गरिएको कारबाही स्वीकार भएको बताएका छन् ।

संम्बन्धित समचार

Leave a Reply