साउन ६, धादिङ । धादिङ जिल्लाका किसानहरुले मलको अभाव झेल्नु नपर्ने कृषि तथा पशुपंक्षीमन्त्री रामनाथ अधिकारीले बताएका छन् । नेपाली कांग्रेस, जिल्ला कार्यसमिति धादिङका सभापती रामनाथ अधिकारी कृषि तथा पशुपंक्षी विकास मन्त्री हुनु भएकोमा नेपाली कांग्रेस, प्रदेश कार्यसमिति, धादिङ(१)(१) र नेपाली कांग्रेस, धुनिवेशी नगर कार्यसमिति, धादिङले संयुक्त रूपमा धुनिबेशी नगरपालिका कार्यसमितिको कार्यालय, खानिखोलामा आयोजना गरेको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा अधिकारीले कृषी सामाग्री कम्पनीको निर्देशकसंग रासयनिक मलको सहज वितरणको लागी छलफल गरेको र आइतबारबाट नै कृषी सामाग्री कम्पनीको गजुरी शाखाबाट पालिकाहरुको सिफारिसमा धादिङका किसानहरुको आवश्यकता अनुसार पर्याप्त मात्रामा मल बितरणको बातावरण तयार गरिएको जानकारी गराए । उनले धादिङ जिल्लामा मात्र होईन चाँडै नै देशैभर मल बितरणको वातावरण तयार गर्न समेत निर्देशन दिएको बताए।
उक्त कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेस, धुनिबेशी नगर कार्यसमितिको सभापति तथा धुनिबेशी नगरपालिकाका उप–प्रमुख सुरज उप्रेतीले किसानहरुको मुख्य समस्याको रुपमा ूगुणस्तरीय मल तथा बिउ(बिजन समयमै प्राप्त नहुनु , सिचाईकोलागी व्यवस्थित कुलो नहुनु, आफ्नो उत्पादनलाई सुरक्षित राख्ने चिस्यान केन्द्र नहुनु र बिचैलिया बिना किसानको बजारमा सहज पहुँच नहुनुू रहेको हुँदा यस बिषयमा केन्द्र सरकारबाट बिशेष पहल गरी यि समस्याहरुको तत्काल सम्बोधनको लागी कृषी मन्त्रीसंग अनुरोध गरे । उक्त कार्यक्रममा प्रदेश सभा सदस्य मदुकुमार श्रेष्ठ र प्रदेश क्षेत्रिय समितिका सभापति राज कुमार कुँवरले पनी किसानका समस्याका बारेमा आफ्नो धारणा राखेका थिए ।