बागमतीमा बहादुरसिंह लामा मुख्यमन्त्री बन्ने निश्चित

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ श्रावण ६, आईतबार (९ महिना अघि)
  • १२५ पटक पढिएको
बागमतीमा बहादुरसिंह लामा मुख्यमन्त्री बन्ने निश्चित

साउन ६,काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई अघि सार्ने निर्णय भएको छ।

आइतबार प्रदेश संसदीय दलको कार्यालय, हेटौंडामा बसेको बैठकलले लामालाई मुख्यमन्त्रीमा पठाउने निर्णय भएको कांग्रेस बागमती प्रदेशका सचेतक गोविन्द लम्सालले बताए।

बागमतीका वर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज सदनबाट विश्वासको मत लिँदैछन्।

उनले विश्वासको मत नपाउने निश्चित भएपछि कांग्रेस र एमालेको सत्ता समीकरणमा बन्ने सरकारको नेतृत्व कांग्रेसले पाउने भएको हो।

जसका लागि संसदीय दलका नेता समेत रहेका लामा पहिलो २ बर्ष र बाँकी समय एमालेले मुख्यमन्त्री लिनेगरी केन्द्रमा सहमति बनेको बताइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस