५६ जना नेपाली विद्यार्थी विमान बंगलादेशमार्फत नेपाल फर्किए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ६, आईतबार (९ महिना अघि)
  • ९६ पटक पढिएको
५६ जना नेपाली विद्यार्थी विमान बंगलादेशमार्फत नेपाल फर्किए

साउन ६,काठमाडौँ । बंगलादेशमा प्रर्दशन हिंसात्मक बन्दै गएपछि अध्ययनमा गएका ५६ जना नेपाली विद्यार्थी आइतबार नेपाल फर्किएका छन् । उनीहरू विमान बंगलादेशको हवाईजहाजमार्फत काठमाडौं आएका हुन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार साढे ११ बजे उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । ‘१७ जना आउने कुरा थियो । ५६ जना आएको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘विमानस्थलबाट परराष्ट्रका अधिकृत खटाएका छौं ।’

बंगालदेशस्थित नेपाली दूतावासमा सञ्चार सर्म्पक हुन नसक्दा यकिन विवरण थाहा हुन नसकेको राईले बताए । ‘उता टेलिफोन राम्रो छैन । इन्टरनेट त बन्द नै छ,’ उनले भने ।

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस