पशुपतिनाथ

साउनको पहिलो सोमबार पशुपतिनाथमा घुइँचो : दर्शनार्थीका लागि तीन लाइन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ७, सोमबार (९ महिना अघि)
  • १२७ पटक पढिएको
साउनको पहिलो सोमबार पशुपतिनाथमा घुइँचो : दर्शनार्थीका लागि तीन लाइन

साउन ७, काठमाडौँ । सौरमासअनुसार पहिलो साउने सोमवारको व्रत आज देखि शुरु हुने भएको छ । आज सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमवार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमवार व्रत लिनुपर्ने कुरा सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन् ।

साउन महिना भगवान् शिवको महिना र सोमवार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । पशुपतिनाथ लगायतका शिव मन्दिरमा साउनको सोमवारका दिनमा भक्तजनको भिड लाग्छ ।

पशुपति क्षेत्रमा साउने सोमवारका लागि सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । साउनको सोमवार पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लामको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको जानकारी पनि उनले दिए ।

# पशुपतिनाथ

ताजा अपडेट

खोजी गर्नुहोस