६ वटा उद्योगमा काटिएको बिजुली प्राधिकरणले जोडिदिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ८, मंगलबार (९ महिना अघि)
  • १२२ पटक पढिएको
६ वटा उद्योगमा काटिएको बिजुली प्राधिकरणले जोडिदिने

साउन ८,काठमाडौँ । डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ । बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि ती उद्योगको लाइन काटेको थियो । मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा प्राधिकरणले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको हो ।

प्राधिकरण बोर्डले गरेको निर्णयमा सञ्चालकद्वय भक्तबहादुर पुन र विपिन आचार्यले भने फरक मत राखेको एक सदस्यले जानकारी दिए । उनीहरूले विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभई काटिएको लाइन जोड्न नहुने मत राखेको स्रोतले बतायो ।

ताजा अपडेट

खोजी गर्नुहोस