मुकुलले किन दिए निर्वाचन आयोगमा निवेदन ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १३, आईतबार (८ महिना अघि)
  • ४१ पटक पढिएको
मुकुलले किन दिए निर्वाचन आयोगमा निवेदन ?

साउन १३,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट ‘निष्कासित’ भनिएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा पदबाट हटाएको भनिएको निर्णय वैधानिक नभएको दाबी गर्दै उनले आइतबार आयोगमा निवेदन दिएका हुन् ।

पदीय भूमिकाबाट मुक्त गरेको औपचारिक पत्र हालसम्म नपाएको उनले दिएको निवेदनमा उल्लेख छ ।

राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ ९२०, रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ ९४०, राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफूमाथिको कारबाही अवैधानिक भएको उनको निवेदनमा उल्लेख छ ।

पार्टीले ढकाललाई कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन निवेदन दिन सक्ने निर्णय लिएको थियो । कारबाही विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको दाबी ढकालले निवेदनमा गरेका छन् ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ को उपदफा २ बमोजिम आफूलाई सफाइ पेस गर्ने मौका समेत नदिइएकोले कारबाही अवैधानिक ठहर्ने निवेदनमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस