प्रधानमन्त्री ओलीले सचिवहरूसँग ब्रिफिङ लिने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ श्रावण १३, आईतबार (८ महिना अघि)
  • ९९ पटक पढिएको
प्रधानमन्त्री ओलीले सचिवहरूसँग ब्रिफिङ लिने

साउन १३,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूसँग मन्त्रालयगत कामकारबाहीबारे ब्रिफिङ लिन सुरु गरेका छन् । आइतबार सिंहदरबारमा सबै सचिवहरुलाई बोलाएर ब्रिफिङ लिन थालिएको हो ।

बैठकमा उपप्रधानमन्त्रीहरुसहित मन्त्रीहरू पनि सहभागी छन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरुसहित सुरक्षा निकायका सहभागी कार्यक्रममा सबैले मन्त्रालयको कामकाज, खर्चको अवस्था र समस्याहरुबारे जानकारी दिंँदै छन् ।

सचिवहरुको ब्रिफिङपछि प्रधानमन्त्रीले मन्त्री र सचिवहरुलाई निर्देशन दिने कार्यक्रम छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस