नेकपा एसले केन्द्रिय समिति सदस्य टुंग्याउन सकेन, भागबण्डा नमिल्दा बैठक सर्यो

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ श्रावण १३, आईतबार (८ महिना अघि)
  • ८१ पटक पढिएको
नेकपा एसले केन्द्रिय समिति सदस्य टुंग्याउन सकेन, भागबण्डा नमिल्दा बैठक सर्यो

साउन १३,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले १४ गते सोमबार बोलाएको केन्द्रीय कमिटीको बैठक सारेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई केन्द्रीय कमिटी थप गर्न सकस भएपछि बैठक सारिएको हो ।

केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार १४ गतेको बैठक साउन १६ गते बुधबारका लागि सारिएको हो । तयारी अपुग भएपछि बैठक दुई दिन पर सारिएको खतिवडाले बताए ।

सो पार्टीले केन्द्रीय समितिलाई पूर्णता दिने तयारी गरेको छ । तर भागबण्डामा कुरा नमिल्दा बैठक सरेको छ ।

असार २१ गते सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष, महासचिव र सम्मानित नेतासहित ९३ सदस्यीय अपुरो केन्द्रीय कमिटी घोषणा गरेको सो पार्टीले २०६ जना केन्द्रीय सदस्य छान्न बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस