आज देशभर पानी पर्ने, नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १५, मंगलबार (८ महिना अघि)
  • १२२ पटक पढिएको
आज देशभर पानी पर्ने, नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

साउन १५,काठमाडौँ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएराति हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै दैलेखमा ५० दशमलव ५ मिलिमिटर पानी परेको छ ।

यस्तै खोटाङको ऐसेलुखर्कमा ३९ दशमलव ७ मिलिमिटर, पानी परेको छ । काठमाण्डौको कपन र बबरमहल क्षेत्रमा पनि मध्यम वर्षा भएको छ । यस्तै ललितपुरको गोदावरी क्षेत्रमा पनि मध्यम वर्षा भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले अबको केही दिन राति ठूलो पानी पर्न सक्ने भएकाले विभिन्न क्षेत्रका स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सावधानी अपनाउन भनेको छ । आज मंगलबार देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस