बाढीपहिरो

केरला बाढीपहिरोमा परी १३० जनाको मृत्यु, दुई दिन राजकीय शोकको घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १६, बुधबार (८ महिना अघि)
  • ९६ पटक पढिएको
केरला बाढीपहिरोमा परी १३० जनाको मृत्यु, दुई दिन राजकीय शोकको घोषणा

साउन १६, काठमाण्डौँ । भारतको केरलामा भारी वर्षासँगैको बाढीपहिरोका कारण अहिलेसम्म १३० जनाको मृत्यु भएको छ भने २२० जना बेपत्ता छन् ।
सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफ उद्धारका लागि खटाइएको छ । केरला सरकारले राज्यमा दुई दिने राजकीय शोकको घोषणा गरेको छ ।

राति उद्धार तथा राहत कार्य रोकिएको थियो । अहिले बिहान ७ बजेदेखि फेरि काम शुरू गर्ने पहिरो प्रभावित क्षेत्र वायनाडको चुरलमालाका क्षेत्रीय फायर अफिसरलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

मौसम विभागले बुधबार राज्यका ८ जिल्लामा भारी वर्षाको चेतावनी जारी गरेको छ। यहाँका सबै विद्यालय बन्द रहनेछन् ।
१४ मध्ये १० वटा जिल्लाका शैक्षिक संस्थाहरू बन्द गरिएका छन् ।

#बाढीपहिरो

ताजा अपडेट

खोजी गर्नुहोस