फागुन २५,काठमाडौँ । झापा गोल्डकपमा घरेलु टोली झापा ११ ले फाइनलमा स्थानमा सुरक्षित गरेको छ ।
झापाको डोमालाल राजवंशी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेल नाटकीय बन्यो ।
निर्धारित ९० मिनेट र थपिएको १५ मिनेटमा थ्रीस्टार र झापा ११ बाट गोल नभएपछि खेलको नतिजा पेनाल्टी शूटआउटमा पुगेको थियो । झापा ११ थ्रीस्टारविरुद्ध ३–१ गोल अन्तरले विजयी भएको हो । जसमा थ्रीस्टारका गोलकिपर एलन न्यौपानेले झापाका सुरुवाति दुई प्रहार विफल पारे पनि खेर गयो । थ्रीस्टारका तीन जना खेलाडीले पेनाल्टी प्रहारलाई सदूपयोग गर्न सकेनन् ।
झापाका कर्ण लिम्बू र हेमन गुरुङको प्रहार एलनले बचाएका थिए । त्यसपछि पुजन उपरकोटी, देवेन्द्र तामाङ र दिनेश थापामगरले झापाका लागि गोल गरे । यता, थ्रीस्टारका रञ्जित धिमालले गोल गर्दा बुद्ध चेम्जोङको प्रहार झापाका किपर दिनेशले बचाएका थिए । त्यसपछि रुपेश केसी र मिक्चेन तामाङले गोल गर्न नसक्दा घरेलु मैदानमा झापा फाइनलमा प्रवेश गर्यो ।
झापाका गोलरक्षक दिनेश थापा मगर आजको खेलमा म्यान अफ् द म्याच भए ।