विश्वासको मत

कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १९, शनिबार (८ महिना अघि)
  • ९७ पटक पढिएको
कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

साउन १९, सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने भएका छन् । कँडेलले साउन २१ गते सोमबार संसद्‌बाट विश्वासको मत लिने भएका हुन् । त्यसका लागि उनले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । कँडेलले शनिबार पत्र दर्ता गराएका हुन् ।

कँडेलले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिनेछन् । कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो । पहिलोपटक उनले गत वैशाख १३ गते पहिलो पटक संसद्‌बाट विश्वासको मत पाएका थिए ।

#विश्वासको मत

 

ताजा अपडेट

खोजी गर्नुहोस