खुद नाफा

लक्ष्मी सनराइज बैंकको ब्याज आम्दानी मात्रै ११ अर्ब, खुद नाफा कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण २१, सोमबार (८ महिना अघि)
  • १२६ पटक पढिएको
लक्ष्मी सनराइज बैंकको ब्याज आम्दानी मात्रै ११ अर्ब, खुद नाफा कति ?

साउन २१, काठमाण्डौँ । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमास अर्थात् असार मसान्तसम्म ३ अर्ब ३ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ३२.७९ प्रतिशत बढी नाफा गरेको हो । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा २ अर्ब २८ करोड रुपियाँ थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ५९ करोड रुपियाँ छ, जुन अघिल्लो आवमा ५ अर्ब ६८ करोड रुपियाँ थियो । अघिल्लो आवको तुलनामा गत आवमा बैंकको यस्तो आम्दानी १०३.९७ प्रतिशतले बढी हो ।

त्यसैगरी यस अवधिमा बैंकको खुद फी तथा कमिसन आम्दानी ९४.६६ प्रतिशत बढेर १ अर्ब ९१ करोड रुपियाँ, कुल सञ्चालन आम्दानी ९०.५० प्रतिशत बढेर १४ अर्ब ७ करोड रुपियाँ र सञ्चालन मुनाफा ३५.९९ प्रतिशत बढेर ४ अर्ब ४५ करोड रुपियाँ छ । त्यस्तै कुल वितरणयोग्य नाफा भने १ अर्ब २८ करोड रुपियाँ रहेको छ ।

गत आवको असार मसान्तसम्म बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड रुपियाँ र जगेडा कोषमा १७ अर्ब ५७ करोड रुपियाँ सञ्चित छ । त्यस्तै बैंकको निक्षेप ११.०३ प्रतिशत बढेर ३ खर्ब २८ अर्ब ९३ करोड रुपियाँ र कर्जा १.०१ प्रतिशत बढेर २ खर्ब ५० अर्ब ३६ करोड रुपियाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवको अन्त्यसम्म बैंकको यस्तो आम्दानी २.५४ रुपियाँ बढेर १३.०९ रुपियाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७५.८० रुपियाँ र मूल्य आम्दानी अनुपात १३.३७ गुणा रहेको छ ।

यद्यपि समीक्षा अवधिमा बैंकको खराब कर्जा भने बढेर ४.७२ प्रतिशत पुगेको छ, जुन अघिल्लो आवमा २.९१ प्रतिशत थियो ।

#खुद नाफा

ताजा अपडेट

खोजी गर्नुहोस