प्रभु बैंक

प्रभु बैंकको नाफा चार अर्बभन्दा बढी, यस्ता छन् अन्य सूचक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण २१, सोमबार (८ महिना अघि)
  • ९३ पटक पढिएको
प्रभु बैंकको नाफा चार अर्बभन्दा बढी, यस्ता छन् अन्य सूचक

साउन २१, काठमाण्डौँ । गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमास अर्थात् असार मसान्तसम्ममा प्रभु बैंकको खुद नाफा उल्लेख्य मात्रामा बढेको छ ।

समीक्षा अवधिमा बैंकले ४ अर्ब ४८ करोड रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४९९.०४ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवमा खुद नाफा २८ करोड कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशतले बढेको छ भने खुद फी तथा कमिसन आम्दानी १९.९६ प्रतिशत र कुल सञ्चालन आम्दानी २०.६७ प्रतिशतले बढेको छ।

असार मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी १७.८४ पैसा बढेको छ भने वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपियाँ रहेको छ।

२३ अर्ब ५४ करोड रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ८९ करोड रुपियाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ५.५१ प्रतिशतले बढेको छ भने कर्जा ३.८३ प्रतिशत घटेको छ वित्तीय विवरणमा उल्लेख छ ।

#प्रभु बैंक

ताजा अपडेट

खोजी गर्नुहोस