हिंसा

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २१, सोमबार (८ महिना अघि)
  • १२७ पटक पढिएको
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्

साउन २१, काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन् । गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले आफ्नी बहिनीकासाथ बंगलादेश छाडेको बीबीसी हिन्दीले खबर प्रकाशित गरेको छ ।

यस्तै प्रदर्शनकारीहरु सरकारी निवासमा पसेपछि तनाव झनै बढेको थियो ।
बीबीसीका अनुसार प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको समूह प्रवेश गरेको छ । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए । उनीहरु सरकारी जागिरमा कोटा प्रणाली खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।

# हिंसा

ताजा अपडेट

खोजी गर्नुहोस