अन्तरिम सरकार

प्रधानमन्त्री हसिना देश छाडेर भागेपछि प्रधानसेनापतिले भने-‘अब बंगलादेशमा अन्तरिम सरकार बन्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २१, सोमबार (८ महिना अघि)
  • १२१ पटक पढिएको
प्रधानमन्त्री हसिना देश छाडेर भागेपछि प्रधानसेनापतिले भने-‘अब बंगलादेशमा अन्तरिम सरकार बन्छ’

साउन २१, काठमाण्डौँ । सरकारविरोधी प्रदर्शन उत्कर्ष पुगेसँगै प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेपछि बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ । सेना प्रमुख जनरल उज जमानले देशमा अन्तरिम सरकार बनाउने घोषणा गरेका हुन् । उनले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

हसिना भागेर भारत पुगेको बताइएको छ । केही बेरअघि प्रधानमन्त्री निवासमा हजारौंको संख्यामा प्रदर्शनकारी छिरेका छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएर हसिना भागेपछि प्रदर्शनकारीहरू खुसी मनाइरहेका छन् । उनीहरूले यसलाई ऐतिहासिक जित भनेका छन् । बंगलादेश स्वतन्त्रतापछिकै खुसीको दिन भएको भन्दै नारा लगाएका छन् ।

#अन्तरिम सरकार

ताजा अपडेट

खोजी गर्नुहोस