देशभर हैजा संक्रमितको संख्या ३० पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २२, मंगलबार (८ महिना अघि)
  • ३४ पटक पढिएको
देशभर हैजा संक्रमितको संख्या ३० पुग्यो

साउन २२,काठमाडौँ । गत साउन यता देशभर हैजा संक्रमितको संख्या ३० पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर संक्रमितको संख्या ३० पुगेको हो ।

सबैभन्दा बढी ललितपुरमा १९ र काठमाडौँमा एक गरी उपत्यकामा २० जनामा हैजा पुष्टि भएको छ । यसैगरी कैलालीमा आठ र प्युठानमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ। जसमध्ये प्युठानका दुई हैजा संक्रमितको जिल्ला अस्पतालमा प्युठानमा उपचार भइरहेको छ ।

सबैभन्दा बढी ५ देखि १४ वर्षका बालबालिकालाई हैजा संक्रमण भएको छ । महाशाखाका अनुसार ५ देखि १४ वर्षका ७ जना छन् । यस्तै १५ देखि २४ वर्षका ६ जना, २५ देखि ३४ वर्षका ४ जना, ३५ देखि ४४ वर्षका ५ जना, ४५ देखि ५४ वर्षका ५ जना , ५५ देखि ६४ वर्ष र १४ वर्षमुनिका एक–एक जना हैजा देखिएको छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन हैजाको प्रकोप नै देखिन सक्ने जोखिम देख्छन् । हालसम्म पुष्टि भएको संख्या भन्दा समुदायस्तरमा हैजाका बिरामी बढी हुनसक्ने उनको अनुमान छ ।

ताजा अपडेट

खोजी गर्नुहोस