टीआरसी विधेयक: कार्यदलले आज प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २३, बुधबार (८ महिना अघि)
  • ९६ पटक पढिएको
टीआरसी विधेयक: कार्यदलले आज प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाउँदै

|सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रका सदस्यहरु नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले)बाट मुख्य सचेतक महेश बर्तौला र नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव जर्नादन शर्मासहित सरोकारवाला निकायका पदाधिकारीहरुको बैठक बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्दै । तस्बिर : गृहमन्त्रीको सचिवालय÷रासस

साउन २३,काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउँदै छ ।

कार्यदलले एक साताअघि नै दलहरुसँगको समन्वयमा विवादित विषयमा सहमति जुटाइसकेको छ । उक्त सहमतिको प्रतिवेदन आज प्रधानमन्त्रीलाई बुझाउन लागेको हो ।

प्रधानमन्त्री ओलीले प्रतिवेदन आज बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा बुझ्ने कार्यक्रम तय भएको छ । आज अन्य दलका शीर्ष नेताहरूलाई पनि प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ ।

गत बिहीबार तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस