बिम्स्टेक सम्मेलन: ग्यास पाइपलाइनको निर्माणबारे आईओसीसंग साइडलाइन वार्ता हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण २३, बुधबार (८ महिना अघि)
  • ९६ पटक पढिएको
बिम्स्टेक सम्मेलन: ग्यास पाइपलाइनको निर्माणबारे आईओसीसंग साइडलाइन वार्ता हुँदै

साउन २३,काठमाडौँ । मन्त्रीस्तरीय बिम्स्टेक सम्मेलनमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसंगै नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्ट पनि भारत प्रस्थान गरेका छन् । कार्यकारी निर्देशक भट्टले इन्डियन आयल कर्पोरेशन (आइओसी) का प्रतिनिधिसंग साइडलाइन वार्ता हुने बताएका छन् । आयल निगमले मोतिहारीदेखि सर्लाहीसम्म पाइपलाइनमार्फत ग्यास ल्याउने योजना अघि बढाएको छ। मोतिहारीदेखि सर्लाहीसम्म र सर्लाइदेखि चितवनको लोथरसम्म ग्यास पाइपलाइन बनाउन भारतले अहिले विस्तृत परियोजना प्रतिवेदन तयार गरिरहेको छ । नेपालले ग्यास पाइपलाइन अनुदानमा बनाउन भारतलाई आग्रह गरेको कार्यकारी निर्देशक भट्टले अनलाइनकेन्द्रलाई बताए । उनले भने अहिलेको साइडलाइन वार्तामा पनि हामी यसै विषयमा छलफल गछौँ, छिट्टै यो परियोजना अघि बढाउन हामी निरन्तर सक्रिय रहेका छौँ ।

पाइपलाइन र भण्डार बनाउन १५ अर्ब रुपैयाँ लगानी चाहिन्छ । बुलेटबाट ढुवानी गर्दा वार्षिक ६ अर्ब खर्च भइरहेकाले ३ वर्षको पैसाले नेपालमै पाइपलाइन बनाउन सकिन्छ । पाइपलाइन बनाउन करिब २ वर्ष लाग्छ । सर्लाहीमा पाइपलाइन र भण्डारण बने आन्तरिक ढुवानी गरेबापत नेपाली उद्योग ढुवानीकर्तालाई करिब २ अर्ब दिनुपर्छ । बाकी ४ अर्ब निगमको बचत हुनेछ ।

आयल निगमका अनुसार ग्यासको मासिक औसत खपत ५० हजार टन हो । उक्त परिमाण भारतका ५,७ वटा ट्रान्सपोर्टरको बुलेटमार्फत ढुवानी भइरहेको छ । ‘एक ग्यास बुलेटमा १८ टन ग्यास हुन्छ । करिब ७ सय बुलेटबाट मासिक औसतमा ५० हजार टन ढुवानी गर्छन्,’ निगमका एक अधिकारीले भने, ‘ढुवानी गरिदिएबापत मासिक ५० करोडभन्दा बढी लग्छन् ।’ हाल करिब ७ सय भारतीय बुलेटमार्फत ग्यास ढुवानी हुँदै आएको छ । यस्तो क्रम करिब ४४ वर्षदेखि जारी छ । नेपालमै ग्यास पाइपलाइन विस्तार हुँदा नेपाली बुलेट ट्यांकर प्रयोग हुने र यसले पनि नेपाली व्यावसायीलार्य थप फाइदा हुनेछ ।

निगमका अनुसार ग्यासको माग बर्सेनि १० देखि १२ प्रतिशतले बढिरहेको छ । मुलुकको भुक्तानी सन्तुलन मिलाउन सरकारले बिलासिताका वस्तु रोक्नेदेखि अनेकौं नीति लिएको छ । अर्कोतर्फ ग्यास ढुवानीबाटै अर्बो रुपैयाँ भारतिय ट्रार्न्सपोटरले लगेका छन । ‘माग बढ्दो क्रममा छ, तर नेपालमा एउटा पनि ग्यास बुलेट छैन,’ निगमका कार्यकारी निर्देशक भट्टले भने, ‘आपूर्ति सुनिश्चतताका लागि ग्यास पाइपलाइनको जरुरी भइसकेको छ । ग्यास पाइपलाइन बने ३ देखि ५ वर्षभित्रै प्रतिफल उठ्छ । त्यसको मतलब पाइपलाइन राम्रो प्रोजेक्ट हो ।’

ताजा अपडेट

खोजी गर्नुहोस