पीएसएल : इस्लामाबादले सन्दिपको टिम लाहोरलाई ४९ रनले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन २६, आईतबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फागुन २६,काठमाडौँ । पाकिस्तानी सुपर लिग(पीएसएल) अन्तर्गत शनिबार भएको खेलमा इस्लामाबाद युनाइटेडलाई ४९ रनले हराएको छ ।

लाहोर कलन्दर्ससँगको खेलमा टस हारेर पहिला ब्याटिङ गरको इस्लामाबाद युनाइटेडले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २३८ रन बनायो ।

इस्लामाबादका लागि केमरन डेलपोर्टले विस्फोट ब्याटिङ गर्दै ११७ रनको योगदान दिए । उनले ६० बलमा १३ चौका र ६ छक्काको सहयोगले यो योगफल बनाएका हुन् । त्यस्तै पीएसएलमा सबैभन्दा छिटो १७ बलमा अर्धशतक प्रहार गरेका असिफ अलीले २१ बलमा ५१ रनको योगदान दिए । त्यस्तै चाड्विक वाल्टनले ३० बलमा ४८ रन बनाए ।

लाहोर कलन्दर्सका सबै बलरमाथि इस्लामाबादका ब्याट्सम्यान हावी भए । लाहोरका लागि साहीन अफ्रिदीले ४ ओभर बलिङ गर्दै एक विकेट लिएर ६२ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले ४ ओभरमा ४६ रन खर्चिएर एक विकेट लिए । डेभिड विसेले ४ ओभरमा ४४ रन खर्चिँदै एक विकेट लिए ।

२३९ रनको विशाल लक्ष्य पाएको लाहोर कलन्दर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८९ रन मात्र बनायो ।

लाहोरका लागि सोहेल अख्तरले विस्फोटक पारि खेले पनि टिमलाई जिताउन सकेनन् । उनले मात्रै ३४ बलमा ८ चौका र ५ छक्काको सहयोगमा ७५ रन बनाए । त्यस्तै कप्तान फखर जमानले ३८ रन बनाए ।

इस्लामाबाद युनाइटेडका लागि फहीम अश्रफले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए । उनले ४ ओभरमा मात्रै १९ रन खर्चिँदै ६ विकेट लिएका हुन् । त्यस्तै सदाब खान र रमान रइसले एक(एक विकेट लिए ।

प्लेअफमा पुग्न लाहोर कलन्दर्सले अब अरुको खेलमा भर पर्नुपर्छ । लाहोरले अन्तिम खेलमा मुल्तान सुल्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस