फागुन २६, काठमाडौँ । राजनीतिक यात्राको कोर्स बदल्ने निर्णय लिन एउटा नेतालाई कति समय लाग्छ ? कति हप्ता, कति महिना वा वर्ष ?
देश टुक्र्याउने माग राख्दै संविधान जलाएका सीके राउतलाई सम्प्रभुता, अखण्डता र शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रिया सकार्ने निर्णय लिन २४ घन्टा पनि लागेन।
आफ्नो पुस्तक मधेशको इतिहासमा मधेश छुट्टै देश भएको दाबीसहित मधेश देशको राष्ट्रगानसमेत तयार पारेका राउतले २४ फागुनमा ‘सयौँ थुंगा फूलका हामी’ बज्दा उभिएर शिर झुकाए।
राष्ट्र विखण्डनको नारा दिएका सिके राउतलाई मूलधारमा ल्याउन सक्नु प्रधानमन्त्री केपी ओलीको रणनीतिक सफलता मानिएको छ।