डेंगी संक्रमण

झापामा डेंगीको संक्रमणबाट एक शिक्षिकाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २६, शनिबार (८ महिना अघि)
  • ८० पटक पढिएको
झापामा डेंगीको संक्रमणबाट एक शिक्षिकाको मृत्यु

साउन २६, काठमाडौँ । झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट शिक्षिकाको ज्यान गएको छ । हल्दीबारी(३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारको क्रममा बीएन्डसी अस्पताल बिर्तामोडमा निधन भएको हो ।

महिला ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल पुगेकोमा त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई बीएन्डसी अस्पताल लगिएको थियो । उहाँको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो ।

#डेंगी संक्रमण

ताजा अपडेट

खोजी गर्नुहोस