मंकीपक्स

अफ्रिकी मुलुकमा मंकीपक्सको संक्रमण फैलिएपछि स्वास्थ्य आपतकाल घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ३१, बिहिबार (८ महिना अघि)
  • ५६ पटक पढिएको
अफ्रिकी मुलुकमा मंकीपक्सको संक्रमण फैलिएपछि स्वास्थ्य आपतकाल घोषणा

साउन ३१, काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिकी मुलुकहरुमा मङ्कीपक्स एमपक्सको संक्रमण बढेपछि स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

बुधबार बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य निमामकको आपतकालीन कमिटीको बैठकमा सदस्यहरुको सुझावपछि डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य आपतकाल घोषणा गरेको डब्ल्यूएचओले जनाएको छ ।

कुनै रोगको संक्रमण तीव्ररुपमा फैलिने जोखिम देखेमा विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय कानुन अनुसार आपतकाल घोषणा गर्दछ ।
अफ्रिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले मंगलबार नै यो स्थितिको विश्लेषणपछि स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

#मंकीपक्स

ताजा अपडेट

खोजी गर्नुहोस