केन्या जाँदै गरेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटना

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ फागुन २६, आईतबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन २६,काठमाडौँ । केन्या जाँदै गरेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटना भएको छ । विमानमा १४९ यात्रु र ८ चालक दलका सदस्य थिए ।

इथियोपियाको राजधानी आडिस आबाबाबाट उडेको केहीबेरमा स्थानीय समयअनुसार विहान ८:४४ बजे दुर्घटनाग्रस्त भएको हो ।

इथियोपियाका प्रधानमन्त्रीले ट्वीट गर्दै विमान दुर्घटनाको पुष्टि गरेका छन् ।

इथियोपिया एयरलाइन्सले खोजी र उद्दार कार्य सुरु भइसकेको जनाएको छ । दुर्घटनास्थल राजधानीदेखि ६० किलोमिटर दक्षिण पूर्वी शहर बिसोफ्टु वरपर भएको अनुमान गरिएको छ ।

अहिलेसम्म दुर्घटनामा हताहतीको संख्या सार्वजनिक गरिएको छैन । दुर्घटनाको कारणबारे पनि उल्लेख गरिएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस