साउनमा ५७ हजार टन रासायनिक मल आयात, ५५ हजार आउँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र ७, शुक्रबार (८ महिना अघि)
  • ६३ पटक पढिएको
साउनमा ५७ हजार टन रासायनिक मल आयात, ५५ हजार आउँदै

भाद्र ७, काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो महिना साउनमा ५७ हजार ९२५ टन रासायनिक मल आयात गरेको छ ।
कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडबाट सो परिमाणमा युरिया र डीएपी मल आयात भएको हो ।

कृषि सामग्री लिमिटेडले ३८ हजार ४६२ टन युरिया, १३ हजार ६८४ टन डीएपी आयात गरेको छ । साल्ट ट्रेडिङ कम्पनीले भने ५ हजार ७७८ टन युरिया आयात गरेको हो । चालु आवमा पोटास मल भने आयात भएको छैन ।
दुवै कम्पनीले थप मल ल्याउने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । साल्ट ट्रेडिङले २५ हजार टन र कृषि सामग्रीले ३० हजार टन युरिया मल नेपाल आयात गर्न लागेको मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वार्षिक ५ लाख ५० हजार टन रासायनिक मल भित्र्याउने लक्ष्य रोखेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस