तरकारीको मूल्य

कालिमाटी बजारमा आज : तरकारीको मूल्य कति ? (सुचिसहित)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र ७, शुक्रबार (८ महिना अघि)
  • ८१ पटक पढिएको
कालिमाटी बजारमा आज : तरकारीको मूल्य कति ? (सुचिसहित)

भाद्र ७, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज कुरीलोको भाउ करिब १२७ रुपैयाँले घटेको छ । यसअघि कुरीलो प्रतिकेजी ३७६ रुपैयाँ ६७ पैसा रहेकोमा आज घटेर २५० रुपैयाँमा झरेको छ ।

यसैगरी, स्थानीय काउलीको भाउ प्रतिकेजी ८५ रुपैयाँबाट घटेर ७६ रुपैयाँ ६७ पैसा कायम भएको छ भने स्थानीय ज्यापु काउलीको भाउ प्रतिकेजी ११० रुपैयाँबाट घटेर ९६ रुपैयाँ ६७ पैसामा झरेको छ ।

त्यस्तै, डल्लो भन्टा प्रतिकेजी ५५ रुपैयाँबाट घटेर ४५ पैसा, तने बोडी ७५ रुपैयाँबाट घटेर ६८ पैसा, लोकल घिउ सिमी ८५ रुपैयाँबाट घटेर ७० रुपैयाँ, हाइब्रीड सिमी ७० रुपैयाँ, राजमा घिउ सिमी १५० रुपैयाँ, भटमासकोशा १२५ रुपैयाँ, तितो करेला ३५ रुपैयाँ कायम भएको छ ।
यसैगरी, लोकल परवरको भाउ प्रतिकेजी ७५ रुपैयाँबाट घटेर ६६ रुपैयाँ, तराई परवर ६५ रुपैयाँ, लोकल काक्रो प्रतिकेजी ५५ रुपैयाँ र हाइब्रीड काक्रो प्रतिकेजी २८ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

यसैगरी, गाजर, बन्दा, चुकुन्दर, न्यूरोलगायतको भाउ भने आज बढेको छ । लोकल गाजरको भाउ बढेर १०६ रुपैयाँ, तराई गाजर ८५ रुपैयाँ, लोकल बन्दा ६५ रुपैयाँ, ब्रोकाउली १८० रुपैयाँ पुगेको छ ।

त्यस्तै, न्यूरो प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, रातो बन्दा ११६ रुपैयाँ ६७ पैसा, सेतो आलु ५४ रुपैयाँ ५० पैसा, सुकेको प्याज ९८ रुपैयाँ पुगेको छ ।

विस्तृत तालिकामा हेर्नुस् 

कृषि उपज ईकाइ औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. रू ९६.६७
गोलभेडा सानो(लोकल) के.जी. रू ३५.००
गोलभेडा सानो(टनेल) के जी रू ४६.००
आलु रातो के.जी. रू ६८.००
आलु रातो(भारतीय) के जी रू ५७.००
आलु रातो(मुडे) केजी रू ६१.४०
आलु सेतो के.जी. रू ५४.५०
प्याज सुकेको (भारतीय) के.जी. रू ९८.००
गाजर(लोकल) के.जी. रू १०६.००
गाजर(तराई) केजी रू ८५.००
बन्दा(लोकल) के.जी. रू ६५.००
काउली स्थानिय के.जी. रू ७६.६७
स्थानीय काउली(ज्यापु) केजी रू ९६.६७
मूला रातो के.जी. रू ३५.००
मूला सेतो(लोकल) के.जी. रू १८.३३
सेतो मूला(हाइब्रीड) केजी रू २५.००
भन्टा लाम्चो के.जी. रू ३५.००
भन्टा डल्लो के.जी. रू ४५.००
बोडी(तने) के.जी. रू ६८.००
मकै बोडी केजी रू ७६.६७
घिउ सिमी(लोकल) के.जी. रू ७०.००
घिउ सिमी(हाइब्रीड) केजी रू ७०.००
घिउ सिमी(राजमा) केजी रू १५०.००
टाटे सिमी के.जी. रू ८६.६७
भटमासकोशा के.जी. रू १२५.००
तितो करेला के.जी. रू ३५.००
लौका के.जी. रू ४६.००
परवर(लोकल) के.जी. रू ६६.००
परवर(तराई) केजी रू ६५.००
चिचिण्डो के.जी. रू ३५.००
घिरौला के.जी. रू ४५.००
झिगूनी के.जी. रू ५५.००
फर्सी पाकेको के.जी. रू ५५.००
हरियो फर्सी(डल्लो) केजी रू ५५.००
भिण्डी के.जी. रू २९.००
पिंडालू के.जी. रू ८६.६७
स्कूस के.जी. रू ३३.००
रायो साग के.जी. रू ९६.६७
तोरीको साग के.जी. रू ५५.००
प्याज हरियो के.जी. रू २९०.००
च्याउ(कन्य) के.जी. रू १५६.००
च्याउ(डल्ले) के जी रू ३३२.००
कुरीलो के.जी. रू २५०.००
न्यूरो के.जी. रू ८६.६७
ब्रोकाउली के.जी. रू १८०.००
चुकुन्दर के.जी. रू ७६.६७
सजिवन के.जी. रू २२५.००
रातो बन्दा के.जी. रू ११६.६७
जिरीको साग के.जी. रू ९६.६७
सेलरी के.जी. रू ३७५.००
पार्सले के.जी. रू ,२५०.००
पुदीना के.जी. रू ५५०.००
गान्टे मूला के.जी. रू ८५.००
इमली के.जी. रू १४६.६७
तामा के.जी. रू १०५.००
तोफु के.जी. रू १४३.३३
गुन्दुक के.जी. रू २७५.००
स्याउ(फूजी) के जी रू ३१०.००
केरा दर्जन रू १४०.००
कागती के.जी. रू २४६.००
अनार के.जी. रू ३९०.००
अंगुर(कालो) केजी रू ४२५.००
तरबुजा(हरियो) के.जी. रू ५५.००
मौसम के.जी. रू १३६.६७
जुनार के.जी. रू २३५.००
भुई कटहर प्रति गोटा रू १७०.००
काक्रो(लोकल) के.जी. रू ५५.००
काक्रो(हाइब्रीड) के जी रू २८.३३
रुख कटहर के.जी. रू ८६.६७
नासपाती(लोकल) के.जी. रू ९६.६७
नासपाती(चाइनिज) केजी रू २९०.००
मेवा(भारतीय) केजी रू ८६.६७
लप्सी के.जी. रू ६५.००
किवि केजी रू ४७५.००
शरीफा के‍.जी रू २२५.००
आभोकाडो के.जी रू २७५.००
अमला के.जी रू १७५.००
अदुवा के.जी. रू १९३.३३
खु्र्सानी सुकेको के.जी. रू ४२५.००
खु्र्सानी हरियो के.जी. रू ९०.००
खुर्सानी हरियो(बुलेट) के जी रू १२०.००
खुर्सानी हरियो(माछे) के जी रू ८६.६७
खुर्सानी हरियो(अकबरे) के जी रू ३५०.००
भेडे खु्र्सानी के.जी. रू ७६.००
लसुन हरियो के.जी. रू १७५.००
हरियो धनिया के.जी. रू ३००.००
लसुन सुकेको चाइनिज के.जी. रू २५६.००
लसुन सुकेको नेपाली के.जी. रू २२६.६७
छ्यापी सुकेको के.जी. रू १५५.००
छ्यापी हरियो के.जी. रू २३५.००
ताजा माछा(रहु) के जी रू ३४५.००
ताजा माछा(बचुवा) के जी रू २५५.००
ताजा माछा(छडी) के जी रू २४६.६७
राजा च्याउ के.जी. रू २९३.३३

ताजा अपडेट

खोजी गर्नुहोस