-शिवराज जैसी
कानुन र न्यायका क्षेत्रमा जताततै प्रयोग गरिने नारी प्रतिमा कसको होला ? कहिले देखि यस्तो प्रतिमा राख्ने कार्यको थालनी भयो ? यो किन राखिन्छ ? कसले राख्छ ? यस पछाडीको प्रतिकात्मक अर्थ के हो ? आँखामा पट्टी बाँधिएकी नारी आँखा देख्न सक्छिन् की सक्तिन्न ? उनको बायाँ हातमा भयको तराजु र दायाँ हातमा भयको तरबारको अर्थ के हो ? जब म काठमाडौँको प्रदर्शनी मार्ग स्थित नेपाल ल क्याम्पस क्षेत्रमा प्रवेश गरेँ। यस्तै यस्तै प्रश्नहरुले मेरो मनको गतिलाई कहिले मनका भित्ताको नदीमा ओल्लो छेउ त कहिले पल्लो छेउ हिर्काउने गरेँ , जसैकी नदीको बहावमा आएको उतार चढापले छाल हान्दै गति बढाई रहन्छ । २, ४ जना अग्रजहरुलाई पनि यस प्रतिमाको अर्थ के होला ? भनि जिज्ञासा राखे जवाफ चित्त बुझ्दो पाईन । कानुनको अध्ययन गरिरहेका विद्यार्थीहरुलाई समेत यसबारे खासै ज्ञान रहेको पाईन अनि सुरु गरे कानुनका क्षेत्रमा प्रयोग गरिने नारी प्रतिमाका बारे जिज्ञासा मेटाउनलाई सन्द्रर्भ सामाग्रीहरु खोज्न ।
न्यायकी देवीको अवधारणा युनानी मिथकमा आधारित रहेछ । युनानी मिथक अनुसार थेमिस र डिकी आमा छोरी थिन् । दुवै न्याय सम्पादन गर्थिन् । थेमिस देवताका लागि न्याय सम्पादन गर्थिन् भने डिकी मानवकालागि । यो मिथक रोमन मिथकीय देवी जष्टिनिया र मिश्रकी मिथकिय देवी इतिहाससंग जोडिएको छ । इतिहासमा उल्लेख भए अनुसार समय चल्दै गयो र कालान्तरमा यी देवीलाई न्यायकी देविको उपमा दिइयो । प्रतिमा बनाउनु भन्दा अगाडी प्रतिमाको अर्थ सम्बन्धि छलफल भयो र सो प्रतिमाले आदर्श न्यायलय र न्यायकर्ताको बिम्ब दिन सक्नु पर्ने आशयका साथ आँखामा पट्टि बाधियकी, बायाँ हातमा तराजु र दायाँ हातमा तरवार लिएकी नारी प्रतिमाको निर्माण गर्ने निर्णय गरिएको पाईन्छ । हाल प्रचलित त्यो प्रतिमाको जरो तिनै प्राचीन मिथकिय नारी प्रतिमासंग जोडिएको छ ।
न्यायकी देवीको प्रतिमाको प्रतिकात्मक अर्थ निष्पक्ष, स्वच्छ, पुर्वाग्रह र पक्षपात रहित, भ्रष्टाचार मुक्त र समन्यायीक न्याय प्रशासन हो तसर्थ निश्पक्षता, स्वच्छता, वस्तुपरकता र पारदर्शिताको प्रतीकका रुपमा न्यायकी देविको प्रतिमा प्रयोग गरिन्छ ।
न्यायकी देवीको अर्थ आँखामा पट्टी बाधियको छ तर उनी अन्धी छैनन् । बन्द आँखा निष्पक्षता र इमानदारीताको प्रतीक हो । सोझो अर्थमा आँखामा पट्टी बाध्ने वितिक्कै स्वच्छता, निष्पक्षता र पारदर्शिताको जन्म हुन्छ भन्ने पनि हैन ।
जब चर्म चक्षु बन्द हुन्छ, तब ज्ञान चक्षु खुल्छ
न्यायकी देविका बायाँ हातमा तराजु छ । तराजु को काम तौलिने हो । न्यायकी देविको प्रतिमाको तराजुले प्रमाण तौलिने अर्थ दिन्छ । प्रमाण तौलिनुको अर्थ मुद्दा वा विषयको सन्देशमा पक्ष र विपक्षलाई आफ्ना सबुत प्रमाण न्यायलय समक्ष पेस गर्न दिनु र सोको निष्पक्ष परिक्षण गर्नु हो । न्यायकर्ताले प्रमाण तौली तौली न्याय वा दण्ड दिनुपर्दछ ।
न्यायकी देवीले तराजुलाई माथि उठाएको देखिन्छ । यसको अर्थ प्रमाण परिक्षण कार्य सरोकारवाला सबैले थाहा पाउनु वा देख्नु पर्छ भन्ने हो । तराजु बायाँ हातमा लिएको देखिन्छ । तराजु दायाँ हातले उचाल्नु भन्दा बायाँ हातले उचाल्दा एकाग्रता बढी हुन्छ भन्ने अर्थ लाग्दछ । यसको अर्थ प्रमाण तौलीने कार्यमा पुर्ण एकाग्रता, शालिनता वा आवश्यकता पर्छ भन्ने अर्थ दिन्छ ।
न्यायकी देवीको हातमा तरबार छ । तरबार शक्तिको प्रतीक हो । यहाँ तरबारको प्रतिकात्मक अर्थले सामान्य शक्ति मात्रै नबुझाई राज्यशक्ति बुझाउन्छ । यसैगरी तरबारको अर्थ दण्ड पनि हो । तरबार अन्यायका विरुद्धमा र न्यायको संरक्षणका खातिर उठ्छ । जस्तोसुकै डर, धाक, धम्की आएपनि सत्यको पक्षमा न्यायकर्ता डगमगाउदैन्न किनभने उसको हातमा शक्ति छ । निर्णय कार्यान्वयनका लागि शक्ति चाहिन्छ । विनाशक्ति न्याय र दण्डको निर्णय कार्यान्वयन हुन सक्दैन । तरबार नाङ्गो छ । यसको तात्पर्य दण्ड प्रक्रिया पारदर्शी हुनु पर्छ भन्ने हो भने अर्का तर्फ आवश्यक परेमा दण्ड दिने कार्यमा विलम्ब गनु हुदैन भन्ने पनि हो ।
न्यायकी देवीको प्रतिमामा कतिपय तरबारमा दुबै तर्फ धार देखिन्छन । यसको तात्पर्य यो धार मुद्दाका दुवै पक्ष तर्फ समान रुपमा चल्न सक्छ भन्ने हो र उचित प्रयोग हुन नसकेमा न्याय कर्ता तर्फपनि जान्छ भन्ने अर्थ दिन्छन् यि धारले ।
लेखक कानुन संकायका विद्यार्थी हुन् ।