काठमाडौँ । आइतबार अपरान्ह दुर्घटनाग्रस्त यात्रुबहाक इथोपियन हवाई विमानको ब्ल्याक बक्स भेटिएको छ।
अदिस अबाडाबाट केन्याको नैरोबीका लागि उडेको इटी ३०२ विमानको ब्ल्याक बक्स भेटिएको बीबीसीले जनाएको छ।
हवाई विमान दुर्घटनामा सवार सबै एक सय ५७ जनाको मृत्यु भएको थियो, जसमा एक नेपाली पनि परेका थिए।
इथोपियाको राजधानीबाट उडेको ६ मिनेटमै उक्त विमान दुर्घटना भएको थियो। इथियोपियामा १५७ जनाको ज्यान जाने गरि बोइङ ७३७ म्याक्स एट दुर्घटनामा परेपछि चीनले बोइङ ७३७ म्याक्स एट विमानको व्यवसायिक उडान तत्कालका लागि बन्द गरेको छ।
चीनको उड्डयन सम्बन्धी प्रशासकिय निकायले स्थानीय एयरलाइन्सलाई बोइङ ७३७ म्याक्स एट मार्फत हुने उडान रोक्न निर्देशन दिएको बिबिसीले जनाएको छ ।