जनता बैँकको ९४ औं एटिएम धनगढीमा ! सिईओ र मेयरले गरे एकसाथ उद्घाटन

फागुन २७, धनगढी । जनता बैंक नेपाल लिमिटेडको सोमबार धनगढी उपमहानगरपालिका वडा नं. ५, असनपुर डिमोटीचोक स्थित निसर्ग अस्पताल परिसरमा एटिएम सेवा सुरु भएको छ ।

यो बैंकको ९४ औं एटिएम शाखा हो । आज एक समारोहका बिच धनगढी उप–महानगरपालिकाको उपमेयर श्री सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा एटिएम सेवाको सुमुद्घाटन गरेका हुन । यस क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा यस एटिएम सेवाले सहजता प्रदान गर्ने बैकको विश्वास रहेको छ ।

यो सगै बंैकको पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी १२८ शाखा, ५० शाखा रहित बैकिङ्ग केन्द्र, ९४ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकको आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देशभरी अझ सशक्त उपस्थिति जनाउने योजना रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply