सुन–चाँदी

हालसम्मकै उच्च विन्दुमा पुगेर घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र १४, शुक्रबार (७ महिना अघि)
  • ७९ पटक पढिएको
हालसम्मकै उच्च विन्दुमा पुगेर घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

भाद्र १४, काठमाण्डौँ । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला एक सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।

बिहीबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

#सुन–चाँदी

ताजा अपडेट

खोजी गर्नुहोस